शेयरबजारमा तेस्रो सर्किट, ६ प्रतिशतले सूचक बढेपछि कारोबार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 01:22:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयरबजारमा उछाल आएपछि समय अगावै आजको लागि कारोबार बन्द भएको छ । १ बजे बजार ६ प्रतिशत अर्थात ७२.०५ अंकले बढेपछि आजको लागि कारोबार बन्द भएको हो ।

सोमबारको कारोबारमा दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३ पटक सकारात्मक सर्किट लागेर बन्द भएको हो । आज ११ बजेर ४८ मिनेटमा बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । त्यसको २० मिनेटपछि कारोबार सुरु भएकोमा बजार सुरु भएको ९ मिनेट मै बजार थप १ प्रतिशत अर्थात् ५ प्रतिशतले घटेपछि १२ बजेर १७ मिनेटमा दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि १२ बजेर ५७ मिनेटमा खुलेको बजार ३ मिनेट मै अर्थात् १ बजे थप प्रतिशतले बढेपछि आजको लागि कारोबार नै बन्द भएको हो ।

आज सूचक ७२.०५ अंकले बढेर १२६०.७५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १३४ कम्पनीका ४ लाख ८९ हजार ५ सय ३७ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड ७२ लाख १२ हजार १ सय ९४ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएका होटेल र म्युचल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् ।  

आज २२ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढ्दा पुनर्बिमा कम्पनी र ओरियन्टल होटेलको शेयर मूल्य भने ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज हिमालयन डिस्टिलरीको सबै भन्दा धेरै ३ करोड ६४ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५२ लाखको कारोबार भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved