एनएलजी इन्स्योरेन्स NLG Insurance Company Limited ले शेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको छ । यस सम्बन्धमा इन्स्योरेन्स र मर्चेन्टबीच आइतबार सम्झौता भएको हो ।
सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
आरविवि मर्चेन्ट राष्ट्रिय बाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग हो ।