प्रभु बैंकले पायो २ अर्बको ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 02:12:07 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले  ऋणपत्र निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । 

यस सँगै अब  बैंकले एक हजार अंकित दरका  २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने छ  । ८ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले  वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी गर्ने छ । बैंकले कुल २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्ने छ ।  

ऋणपत्र निष्काशनको लागि बैंकले  नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved