छोरा र ज्वाइँहरु जान्ने हुँदा रामचन्द्रले चुनाव हारे !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 08:10:02 AM मा प्रकाशित

laxmi  sunrise bank

रामचन्द्र पौडेलले तनहुँमा चुनाव हारे, यो दु:खको कुरा हो । तर, हार्नुपछाडिका केही तत्वका गतिविधि भने परिणामभन्दा दु:खद् थिएन । रामचन्द्र पञ्चायतविरुद्ध लड्दैमा जेल, नेल खाएका व्यक्ति ! नेपालको प्रजातान्त्रिक लडाइँमा उनको योगदान लोभलाग्दो छ । अहिलेको पुस्ताले चाहेर पनि उनको जस्तो राजनीतिक भूमिका र त्याग प्रदर्शन गर्न सक्दैन । तर, नेपालको राजनीतिमा उनका छोरा, चारवटा ज्वाइँको कुनै योगदान छैन । जनताले माने रामचन्द्रलाई मान्छन्, छोरा र चारवटा ज्वाइँलाई होइन । यसपालि यस्तो दु:खद परिणाम आउनुका पछाडिका कारक नै हुन् छोरा र चा ज्वाइँ ।


छोरा चिन्तन पौडेल । विदेशमा पढेका मान्छे । अरुबेला उतै बस्छन् । चुनाव भएपछि वा काँग्रेस सरकार बनेपछि मात्र नेपाल आउने । केही समय ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’को वैतनिक (तलबी) प्रमुख भएर बसे । त्यो पदावधि सकिएपछि बेलायत फर्किए । यसपालि चुनावमा आए । बाबुसँगै हिँडे । गाउँतिर जनताले मान्ने त रामचन्द्रलाई पो हो त । चिन्तनलाई होइन । गाउँमा जब जनताले रामचन्द्रलाई माला लगाउँथे, तब चिन्तन त्यहाँका पार्टी नेतालाई हप्काउन थाल्थे, ‘मलाई खोई ?’भन्दै ।


कार्यकर्ताले रामचन्द्रलाई पो सम्मान गर्छन् । छोरालाई किन गर्ने ? चुनावभरि छोराको घेरामा पार्टीका त्यागी कार्यकर्ताले एकदिन पनि रामचन्द्रसँग मन खोलेर बोल्न पाएनन् । विचराहरुलाई भन्न मन थियो होला, यसपालि माहोल त्यति राम्रो छैन । तर, सुनाउनुपर्ने कार्यकर्ताका अगाडि उनलाई छोरा र ज्वाइँको घेराले पर्नै दिएन । रामचन्द्रका चारमध्ये तीन ज्वाइँ बिहान उठेदेखि राति सुत्दासम्म सँगै थिए । ज्वाइँलाई नसोधी कसैले केही भन्ने, गर्ने कुरा सम्भव नै थिएन । अहिले पनि बोहोराटारस्थित उनको घरमा गयो भने दुई ज्वाइँ साथमा हुन्छन्-हुन्छन् । त्यसमा पनि परमेश्वर भन्ने ज्वाइँ त घरज्वाइँभन्दा बढ्ता । भात-भान्सै उनले चलाउने । पत्रकार गए रामचन्द्रलाई साइड लगाएर अन्तर्वार्ता पनि आफैं दिउँला झै गर्ने !


राममचन्द्रले यसपालिको चुनाव हारे, कृष्णबहादुर (किसान) श्रेष्ठसँग । किसान भनेको व्यक्तित्वका हिसाबमा रामचन्द्र हेरिकन ज्यादै होचा मान्छे । राजनीतिभन्दा बढी व्यापार-व्यवसायमा जमेका मान्छे । तर, राजनीतिमा जीवन अर्पण गरेका रामचन्द्र उनै किसानसँग हार्ने दिन आयो । जनताले व्यक्तित्वलाई हेरेनन्, क्रियाशीलतालाई हेरे । व्यवहार हेरेर जनताले नेता छान्ने दिन आयो । तर, ज्वाइँहरुले जनता भेट्नै नदिएपछि इतिहासको सिरानी हालेर सुत्नबाहेक केही काम लाग्दो रहेनछ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved