मौन अबधिमा १ भोटको दरले १ हजार रकम बाँड्ने पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 28, 2017 | 08:03:06 AM मा प्रकाशित

laxmi  sunrise bank

 मौन अवधि सुरु भएपछि सोमबार राति दक्षिणी सिमाना झापा गाउँपालिकामा कांग्रेस कार्यकर्ता रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् ।

झापा गाउँपालिका–१ ग्वालाटोलका स्थानीय कांग्रेस कार्यकर्ता मोहमद अली हुसेन रकम बाढ्ने क्रममा पक्राउ परेका हुन् । उनलाई रकम बाँड्ने क्रममा माओवादी केन्द्र, एमाले र संघीय समाजवादी फोरमका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने इलाका प्रहरी कार्यालय कुमरखोदले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

उनले प्रतिभोट १ हजार नेपाली रुपैयाँका दरले वितरण गर्ने गरेको स्वीकारेका छन् । प्रहरीले सत्यतथ्य बुझेपछि हुसेनलाई थप कारबाही गर्ने बताएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved