विदेशबाट फर्किएकालाई १० लाखसम्म सस्तो ब्याजदरमा ऋण, यसरी पाइन्छ ऋण (कार्यविधिसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 23, 2018 | 03:21:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले व्यवसाय गर्नका लागि दश लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन। अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार गरेपछि आज (भदौ ७) देखि नै यो व्यवस्था लागू भएको हो।

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार कम्तिमा ६ महिना विदेशमा काम गरेर फर्किएको ३ वर्ष ननाघेका नेपाली नागरिकले सिकेको सीपअनुसारको व्यवसाय गर्न चाहेमा परियोजना धितोमा राखेर ऋण पाउने छन्।

यसरि सस्तो ब्याजमा ऋण लिंदा भिसा, पासपोर्ट, फर्किएको देशको कागज, सिकेको सीप, अनुभवको प्रमापत्र र विदेशी नागरिक नभएको घेषणा गर्नुपर्ने छ।

यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनेछन् । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ। यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ तर आधारदर भन्दा २ प्रतिशत बढी मात्र ब्याज लिन पाइनेछ। यस्तो कर्जाको अवधि ५ वर्षको हुने छ। 

बैंकले लिने ब्याजदर मध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ। यदि कुनै एक जनाले लिएको ऋणमा बैंकले १४ प्रतिशत ब्याज तोक्यो भने त्यसको ५ प्रतिशत सरकारले र ९ प्रतिशत ऋणी आफैले तिर्नुपर्नेछ । 

सर्टिफिकेट धितो राखेर आजैदेखी ऋण, कहाँबाट र कसरी लिने ?

सर्टिफिकेट धितो राखेर ऋण लिन पाउने कार्यविधि पारित, यस्ता छन् शर्त 

मङ्सिरदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved