सिद्धार्थ इक्विटी फण्डमा आबेदन गर्ने आज अन्तिम दिन!,संस्थागत लगानीकर्ताले पनि आबेदन दिन पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 10:27:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ क्यापिटलले ल्याएको 'सिद्दार्थ इक्विटी फन्ड' मा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। सिद्दार्थ इक्विटी फन्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले असोज २५ देखि आज २९ गतेसम्म (यदि बढी आबेदन परेमा) आबेदन दिन सक्नेछन। 

सिद्दार्थ इक्विटी फन्डमा तीन दिनमा ११ हजार ९४१ आवेदकबाट ७४ करोड ४७ लाखको आबेदन परेको कोष व्यवस्थापक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ।  

पुंजीबजारमा तिब्र उतार चढाब देखिएको र माग तथा आपूर्तिबीच असन्तुलन देखिएको अवस्थामा कुल लगानीको ७० प्रतिशत दोस्रो बजारमा नै लगानी गर्ने उदेश्यले सिद्दार्थ क्यापिटलले ल्याएको यस कोषमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको क्यापिटलले जनाएको छ। 

सिद्दार्थ बैंकको पूर्ण स्वामित्वमा रहेको सिद्दार्थ क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको 'सिद्दार्थ इक्विटी फन्ड' निष्काशन गरेको हो। क्यापिटलले बिक्रि खुला गरेको कुल १२ करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई सिद्दार्थ बैंकको लागि छुट्याइएको छ। यस अर्थमा सर्वसाधारणका लागि १० करोड २० लाख इकाई बिक्री खुला गरिएको छ।   

सिद्दार्थ इक्विटी फन्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले असोज २५ देखि छिटोमा असोज २९ र ढिलोमा कत्तिक ७ सम्म आबेदन भर्न सक्नेछन। एक जना लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम २४ लाख इकाईका लागि आबेदन दिन सक्नेछन।

इच्छुक लगानीकर्ताले सिद्दार्थ क्यापिटल नक्साल र सिदार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरी आबेदन भर्न सक्नेछन। आवेदककर्ताले आस्वा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका ७७ जिल्लाका शाखा कार्यालयबाट आबेदन दिन सक्नेछन।

सिद्दार्थ इक्विटी फन्ड १० बर्ष बन्दमुखी योजना हो। सिद्दार्थ क्यापिटलले यस अघि सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम संचालन गर्दै आएको छ।    

संस्थागत लगानीकर्ताले पनि आबेदन दिन पाउने 

कोष व्यवस्थापक सिद्दार्थ क्यापिटलले 'सिद्दार्थ इक्विटी फन्ड' मा संस्थागत लगानीकर्ताले समेत लगानी गर्न पाउने जनाएको छ। क्यापिटलले एक सूचना सार्वजनिक गर्दै 'सिद्दार्थ इक्विटी फन्ड' मा कम्पनी, संस्था र कोषले समेत लगानी गर्न पाउने जानकारी गराएको छ। 

नियमन निकाय नेपाल धितोपत्र बोर्डले चालु आर्थिक बर्षदेखि सार्वजनिक निष्काशन (साधारण सेयर) मा प्राकृतिक व्यक्तिले मात्र आबेदन दिन पाउने व्यवस्था गरेको छ। तर कोषको इकाईमा भने यो व्यवस्था आकर्षित नहुने क्यापिटलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved