अगाडी बढ्यो नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद प्रक्रिया, बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 04:34:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद बिक्रि प्रक्रिया अगाडी बढाएको छ। हकप्रद निष्काशन गर्नका लागि इन्स्योरेन्सले एनआईबिएल क्यापिटललाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा चयन गरेको छ। 

इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्तापुंजीको शतप्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो। कम्पनीको गत भदौ ३० मा बसेको दुई आर्थिक बर्षको बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र शतप्रतिशत हकप्रद प्रस्ताब पारित गरेको हो।   

५ प्रतिशत बोनस सेयर पारित भए पश्चात कम्पनीको चुक्ता पुंजी ३० करोड १९ लाख पुगेको छ। शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ६० करोड ४० लाख पुग्नेछ। 

नेपाल इन्स्योरेन्सले गत आर्थिक बर्ष ११ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ। नियमन निकाय बिमा समितिको निर्देशन अनुसार नेपाल इन्स्योरेन्सले २०७५ असार मसान्तभित्र चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्नेछ। 

साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ १६ देखि भदौ ३० सम्मका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले भदौ १५ सम्म कायम सेयरधनीहरु मात्र बोनस सेयर प्राप्त गर्न योग्य हुनेछन। हकप्रदका लागि भने कम्पनीले पछि अलग्गै बुक क्लोजको मिति सार्वजनिक गर्नेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved