मेगा र हिमालयन बैंकको 'हालत' उस्तै, शाख जोगाउने संघर्षमा प्राइम र एनएमबी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 02, 2017 | 07:49:03 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक हुने क्रममा छन। सोहि क्रममा कात्तिक १६ गते मेगा, हिमालयन, प्राईम र एनएमबि बैंकले पहिलो ३ महिनाको प्रगती विवरण सार्वजनिक गरेका छन। 

मेगा र हिमालयन बैंकको प्रगतिको 'ताल' उस्तै देखिएको छ भने प्राईम र एनएमबि बैंकले भने सन्तोषजनक रहेको छ। चुक्ता पुंजी वृद्धिको दबाबमा रहेको मेगा बैंकले ६५ प्रतिशत हकप्रद बिक्रि गरेर पुंजी वृद्धि गर्दा त्यहि अनुपातमा कमाई वृद्धि नहुँदा प्रति सेयर आम्दानी निराशाजनक रहेको छ। त्यस्तै मेगाले खस्किएको वित्तीय विवरण पेश गर्दा हिमालयन बैंकको समेत मुनाफा घटेको विवरण सार्वजनिक भएको छ। त्यसैले यहाँ दुवैको 'ताल' उस्तै भनिएको हो। 

मेगा बैंक 

पहिलो ३ महिनामा मेगा बैंकले ८ करोड ११ लाख ९२ हजार खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको थियो। तुलनात्मक रुपमा मेगाको कमाई ४२ प्रतिशतले घटेको छ। 

पुंजी वृद्धिको अनुपातमा कमाई बढ्न नसक्दा बैंकको प्रति सेयर आम्दानि ६ रुपैंया ८८ पैसामा झरेको छ। गत आर्थीक बर्षको यस अवधिमा बैंकको इपिएस १८ रुपैयाँ १३ पैसा थियो। 

मेगा बैंकले पहिलो ३ महिनामा ३९ अर्ब ३९ करोड निक्षेप संकलन गरि ३५ अर्ब २४ करोड कर्जा लगानी गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनमा बैंकको निक्षेप ३ अर्ब र कर्जा ४ अर्बले बढेको छ।

बैंकको कर्जा निक्षेप अनुपातको सिलिंग ७८ प्रतिशत माथि छ भने अन्य बैंकहरुको झैँ मेगाको पनि कस्ट अफ फन्ड बढेर ७।८ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.०८ प्रतिशतबाट बढेर १.६७ प्रतिशत पुगेको छ। सिसिड़ी अनुपातको सिलिंग 'टाइट' भएको अवस्थामा बैंकले थप लगानी गर्न मेहनत गर्नु पर्ने देखिन्छ। टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गर्न तयारिले १० महिना बढी लामो समयबाट सेयर कारोबार ठप्प रहेको मेगा बैंकले आगामी दिनमा कसरि लगानिकर्ताको बिश्वास जित्छ भन्ने हेर्न बाँकी छ।  

बैंकले ६५ प्रतिशत हकप्रद पुंजीकृत गर्न बाँकी नै छ। यसो गर्दा उसको प्रति सेयर आम्दानि ४ रुपैयाँ आसपास हुनेछ। यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैंया ८० पैसा र मूल्य आम्दानी अनुपात ६६.५७ गुणा छ। यस अवधिमा बैंकको चुक्ता पुंजी ४ अर्ब ५८ करोड छ भने जगेडा कोषमा १ अर्ब ३६ करोड छ।    

हिमालयन बैंक 

गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हिमालयन बैंकको हालत पनि उस्तै देखिएको छ। २५ प्रतिशत बोनस मार्फत चुक्ता पुंजी ८ अर्ब नघाएको हिमालयन बैंक पनि कोषको लागत बढी भएर ब्याज खर्च बढ्दाको मारबाट मुक्त हुन नसकेको वित्तीय विवरण पेश गर्न बाध्य भएको छ। 

बैंकको ब्याज आम्दानी र संचालन मुनाफा गिरावट आउँदा उसको खुद कमाई प्रभावित बनेको छ। खराब कर्जाको अनुपात बढ्दा जोखिम बापत २० करोड ३४ लाख छुट्याउदा बैंकको खुद मुनाफा ४१ करोडमा सिमित भएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद मुनाफा ४३ करोड थियो। 

यस अवधिमा बैंकले ९६ अर्ब १३ करोड निक्षेप संकलन गरि ८० अर्ब ७८ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकको निक्षेप ३ अर्बले बढेको छ भने कर्जा प्रवाह ८ अर्बले बढेको छ। बैंकले कारोबार बिस्तारमा गरेको यो प्रगतिबाट भने आशा गर्ने ठाउँ छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ३९ करोड छ। त्यस्तै बैंकको जगेडा कोषमा ५ अर्ब ६८ करोड छ। बैंकले घोषणा गरेको २५ प्रतिशत बोनस सेयर पुंजीकृत नगर्दा उसको प्रति सेयर आम्दानी २५ रुपैयाँ २७ पैसा छ। तर २५ प्रतिशत बोनस पुंजीकृत पश्चात बैंकको इपिएस पनि तल आउने देखिन्छ।  यस अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १८७ रुपैयाँ ६० पैसा र मुल्य आम्दानीको अनुपात ३५ दशमलब ३५ गुणा छ।  

प्राइम बैंक 

आजका दिनसम्म सार्वजनिक भएका बैंक वित्तीय संस्थाहरुको वित्तीय बिबरणले लगानीकर्तालाई निराश बनाएपनि प्राइम र एनएमबि बैंकले भने केहि आशा जगाएका छन। 

प्राइमले यस अवधिमा गत आर्थिक बर्ष भन्दा ९ करोडले बढाएर ३४ करोड १७ लाख ५० हजार रुपैंया खुद नाफा गरेको छ। तर चुक्ता पुंजी करिब दोब्बरले वृद्धि हुँदा उसको प्रति शेयर आम्दानि २१ रुपैयाँ ६१ पैसामा सिमित भएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ १० पैसा थियो।  

यस अवधिमा बैंकको चुक्ता पुंजी ३ अर्ब ५२ करोडबाट बढेर ६ अर्ब ३२ करोड पुगेको छ। त्यहि अनुपातमा कमाई वृद्धि गर्न भने प्राइम बैंकपनि असफल देखिएको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बोनस सेयर घोषणा गर्न बाँकी नै छ। बोनस पश्चात बैंकको इपिएस केहि घट्नेछ। 

बैंकको निक्षेप १४ अर्बले बढेर ६८ अर्ब ५९ करोड पुगेको छ भने कर्जा प्रवाह १७ अर्बले बढेर ५९ अर्ब ०३ करोड पुगेको छ। बैंकले कारोबार विस्तारमा केहि मेहनत गरेर कमाउने मेहनत गरेपनि कोषको लागत बढेर खर्च बढ्दा कमाई खुम्चिएको छ। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.३२ बाट बढेर १.३७ प्रतिशत पुगेको छ भने कर्जा निक्षेप अनुपात ७५.७० प्रतिशत पुगेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैंया ६८ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.५५ गुणा छ। 

बोनस बितरण पश्चात बैंकको चुक्ता पुंजी बढ्ने हुनाले बैंकले प्रति सेयर आम्दानि सन्तोषजनक रुपमा कायम गर्न कारोबार बिस्तार गरि आम्दानी बढाउन मेहनत गर्नु पर्ने देखिन्छ।   

एनएमबि बैंक

एनएमबि बैंकले पहिलो ३ महिनामा खुद मुनाफा १० करोडले बढाएर ४५ करोड १३ लाख पुर्याएको छ। ६ अर्ब चुक्ता पुंजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६७ करोड छ। 

बैंकले कारोबार बिस्तार गर्ने भरपुर मेहनत गरेको देखिन्छ। उसको निक्षेप तथा कर्जा प्रवाहमा गत आर्थिक बर्षको तुलनामा ६ अर्बले वृद्धिले भएको छ। यस अवधिमा बैंकले ७१ अर्ब ९४ करोड ७९ निक्षेप संकलन गरि ६२ अर्ब ८७ करोड ५२ लाख कर्जा लगानी गरेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २७ दशमलव ९४ रुपैयाँ, तिशेयर नेटवर्थ १ सय ७२ दशमलव ३८ रुपैयाँ र मुल्य आम्दानी अनुपात १७ दशमलव ३६ गुणा छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १.८३ प्रतिशतबाट घटेर १।६७ प्रतिशतमा झरेको छ भने बैंकको कर्जा निक्षेप अनुपात ७७।८४ प्रतिशत छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले पुंजी वृद्धि गर्दा उसको प्रति सेयर आम्दानी घट्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved