जनता बैंकले लिलामीमा राखेको सेयरको बोलपत्र आज खोलिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 07, 2017 | 06:26:04 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले लिलामिमा राखेको सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो। नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार गुरुप्रसाद न्यौपानेबाट जफत गरिएको ८५ हजार १ कित्ता सेयर बैंकले कात्तिक १५ देखि कात्तिक २१ सम्मका लागि लिलामीमा राखेको हो।  

बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ। इच्छुक बोलकबोल दाताले कात्तिक १५ देखि कात्तिक २१ सम्म काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालय समयमा आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। कात्तिक २२ गते लिलाममा परेको बोलपत्र खोलिने छ।

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।  

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम मुक्तिनाथ बिकास बैंकमा रहेको काठमाडौं क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर ०३५१०२००१७८७६२०००००१ मा रकम जम्मा सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट चेक मार्फत समेत रकम जम्मा गर्न सक्नेछन।

प्रचलित कानुन बिपरित न्यौपानेले श्रीमती सुमित्राको नाममा किनेको सेयर लिलामी मार्फत बिक्रि गर्न लागिएको हो। न्यौपानेकि श्रीमती सुमित्राको नाममा रहेको ५२ हजार ४७० कित्ता , त्यसबाट प्राप्त बोनस र हकप्रद शेयरसमेत जफत गरि लिलामी मार्फत बिक्रि गर्न खोजिएको हो।

माछापुच्छ्रे बैंकसंगको मर्जर प्रक्रियाको कुरा चल्दा जनता बैंकको संचालक रहंदाको बखत न्यौपानेले आन्तरिक सूचनाको दुरुपयोग गरि स्टक ब्रेकर नम्बर ४८ बाट आफ्नी श्रीमतीका नाममा ठुलो संख्यामा सेयर खरिद गरेका थिए। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ। तर न्यौपानेले मर्जर प्रक्रियाको सूचना सार्वजनिक नभई आन्तरिक सूचनाका आधारमा शेयर किन्ने बठ्याईले न्यौपानेले २ करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम गुमाएका छन् ।

जनता बैंकले गत आर्थिक बर्ष ६४ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गर्न बाँकी नै छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved