तेस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ दिनमा ५५ अंकले बढ्यो सूचक, लगानीकर्तामा उत्साह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 01:24:45 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २५.१४ अंकले बढेर १५१६.०२ को उचाईमा पुगेको छ । आज कारोबारमा आएका १६५ कम्पनीका १८ हजार ४७ हजार ७ सय ५५ कित्ता शेयर खरिद बिक्रिबाट ७५ करोड ११ लाख ६७ हजार १ रुपियाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । 

आज चिलिमे हाइड्रोपावरको सर्बाधिक ६ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक संस्थापक शेयर, प्राइम कमर्शियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल टेलिकम लगायत रहेका छन् । 

आज विजय लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.८३ प्रतिशत कमाएका छन् । त्यस्तै कर्णाली विकास बैंकका लगानीकर्ताले ९.६८ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा हाम्रो विकास बैंक, किसान माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायत रहेका छन् । 

आज सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक ५.९ प्रातिशत गुमाएका छन् ।  आज नै कम्पनीले कुनै लाभांश नदिने घोषणा गरेकाले कम्पनीको शेयर मूल्य घटेको हो । 

अघिल्लो हप्ता निरन्तर जसो घटेको नेप्से सूचक यस हप्ताको पहिलो ३ दिन मै ५५ अंकले बढेपछि लगानीकर्तामा उत्साह छाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved