कारोबार रकम खस्किंदा किन आयो नेप्सेमा तिब्र उतारचढाब ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 02:09:09 PM मा प्रकाशित

laxmi  sunrise bank

छोटो अवधिमा नाफा बुकिङ गर्न लगानीकर्ता सक्रिय देखिंदा बुधबार शेयर कारोबारमा तिब्र उतार चढाब देखिको छ। यस साता सुरुका तीन दिनसम्म निरन्तरत उकालो लागेको नेप्से परिसूचक चौथो दिनको कारोबारमा ११।२३ अंकले घटेर १५०४ को बिन्दुमा आईपुगेको छ। 

गत साता बजार घटेको समयमा शेयर उठाउनेहरुले छोटो अवधिमा नै नाफा बुक गर्न खोज्दा बजारमा तिब्र उतारचढाब देखिएको विश्लेषण गरिएको छ। यद्दपी बुधबारको कारोबारमा खरिद कर्ता समेत सक्रिय देखिंदा ५९ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। 

कारोबार खुल्ना साथ केहि माथि चढेको नेप्से परिसूचक मध्य समयसम्म आइपुग्दा झन्डै दोहोरो अंकले घटेको थियो। त्यस पश्चात पुन: माथि चढेको नेप्से कारोबार बन्द हुँदा समेत दोहोरो अंकले घटेको हो। 

बुधबारको कारोबारमा १६० कम्पनीका ११ लाख ७७ हजार ५७५ कित्ता शेयर खरिद बिक्रि हुँदा ५९ करोड ७८ लाख ७७ हजारको कारोबार भएको छ। जसमा सबै भन्दा बढी चिलिमे हाइड्रोपावरको ३ करोड ९३ लाखको कारोबार भएको छ।

हिजोको तुलनामा आजको कारोबार १६ करोडले कम हो। मंगलबार कारोबारमा आएका १६५ कम्पनीका १८ हजार ४७ हजार ७ सय ५५ कित्ता शेयर खरिद बिक्रिबाट ७५ करोड ११ लाख ६७ हजार १ रुपियाँको कारोबार भएको थियो।   

घटेको बजारमा 'हिम्मत' गरेर शेयर खरिद गर्नेले ३ दिनमा बढेको बजारबाट नाफा बुकिंग गर्न खोज्दा बजारमा तिब्र उतार चढाब देखिएको हो। ठुलो संख्यामा लगानीकर्ता पख र हेरको अवस्थामा रहेकाले कारोबार रकम हिजोको तुलनामा कम भएको विश्लेषण गरिएको छ।  

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved