हकप्रद निष्काशनको लागि प्रुडेन्शियल इन्स्योरेन्सको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2017 | 12:19:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्सुरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्सले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले १२ करोड ८३ लाख मूल्य बराबरको १२ लाख ८३ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक चयन भएको छ ।  

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले मङ्सिर १५ बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

कम्पनीको मङ्सिर ५  गते बसेको संचालक समिति बैठकले २० प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश  र बोनस वितरणपछि ३० प्रतिशत हकप्रद समेत निस्काशन गर्ने निर्णय गरेको थियो  । 

 बोनस वितरणपछि कम्पनीको पूँजी ४२ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने  ३० प्रतिशत हकप्रद बिक्री पछि चुक्तापुंजी ५५ करोड  नाघ्नेछ । 

यस आर्थिक बर्षको अन्त्यसम्ममा सबै निर्जीवन बिमा कम्पनीले चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved