८ अंकले बढ्यो नेप्से , ४ दिनमा १६७ रुपियाँले बढ्यो ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2017 | 01:41:14 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ८.०२ अंकले बढेर १४८०.२६ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५९ कम्पनीका ९ लाख ३१ हजार ५ सय ३२ कित्ता शेयर खरिद बिक्रि बाट ३४ करोड ८२ लाख ८३ हजार ३ सय ५२ रुपियाँको कारोबार भएको छ 

आज साग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै २ करोड ६५ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, एभरेस्ट बैंक, प्रभु बैंक संस्थापक शेयर , बुटवल पावर कम्पनी लगायत रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये फाइनान्स र अन्य समूह बाहेकका सबै सूचक बढेका छन् । 

आज   ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । पछिल्लो ४ दिनमा बैंकको मूल्य १६७ रुपियाँले बढेको छ  । धितोपत्र बोर्डले बैंकलाई ४ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएपछि बैंकको शेयर मूल्य उकालो लागेको हो  ।

आज अन्य धेरै कमाउने कम्पनीहरुको सुचीमा प्रोग्रेशिभ फाइनान्स, हाम्रो विकास बैंक, दिब्यश्वरी हाइड्रो , सोल्टी होटेल लगायत रहेका छन् ।

आज सिनर्जी फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । त्यस्तै बढी गुमाउनेको सुचीमा हिमालयन जनरल इन्स्योरेन्स, रिलायबल माइक्रोफाइनान्स, अरुण फाइनान्स रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved