लाभांशको सूचना ढिलो दिंदा हिमालयन डिष्टीलरीलाई आपत, शेयर कारोबार रोक्का, छानविन सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2017 | 10:10:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टकक एक्चेन्ज नेप्सेमा हिमालयन डिष्टीलरीको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले लाभांश समबन्धि महत्वपूर्ण सूचना ढिलो गरी  नेप्सेमा पठाएको र त्यसबीचमा सूचना चुहावट भएको हुन् सक्ने भन्दै नेप्सेले छानविनको लागि कम्पनीको कारोबार रोक्का गरेको हो  ।

 हिमालयन डिष्टीलरीको संचालक समितिको बैठक कार्तिक २९ गते नै बसेको थियो  । त्यस बैठकले साधारणसभाको मिति तय गर्दै २१.०५  प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बताईएको छ  । तर कम्पनीले उक्त सूचना आज ६ गते बिहीबार मात्र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । यहि बीचमा कम्पनीको कृयाकलाप संकास्पद रहेको र सूचना चुहावट भएको हुन् सक्ने भन्दै नेप्सेले सो को अनुसन्धानको लागि कारोबार रोक्का गरेको हो  । 

कम्पनीले  मंसिर २९ गते बीरगञ्जमा साधारण सभा बोलाएको छ भने साधारण सभाका लागि मंसिर १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved