डिप्रोक्स लघुवित्तले गर्यो लाभांश घोषणा, १६ प्रतिशत बोनस दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2017 | 09:34:23 AM मा प्रकाशित

laxmi  sunrise bank

 डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल ३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुंजी ६० करोड ६१ लाख रहेकोमा प्रस्तावित १६ प्रतिशत बोनसपछि चुक्ता पुंजी  ७० करोड ३० लाख नाघ्ने छ  । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved