हकप्रद निष्काशनको अनुमति माग्दै फस्ट माइक्रोफाइनान्स धितोपत्र बोर्डमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2017 | 11:32:03 AM मा प्रकाशित

laxmi  sunrise bank

फस्ट माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्थाले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले यहि मङ्सिर ८ गते बोर्डमा आवेदन दिएको हो  ।  

कम्पनीले २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद निष्काशन गर्ने तयारी गरेको हो । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ । 

कम्पनीको असोज ८ गतेको साधारणसभाले १५ प्रतिशत बोनस प्रस्ताव र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभाश प्रस्ताव र बोनस वितरणपछि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।  

 कम्पनीले गत बर्ष ८ करोड २ लाख रुपियाँ खुद नाफा गरेको थियो।  हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड ६७ लाख रहेकोमा १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६८ करोड ४३ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved