देवः विकास बैंकको ४० प्रतिशत हकप्रद पाइपलाइनमा, चुक्ता पुंजी २ अर्ब २८ करोड पुग्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 01, 2017 | 05:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

देब बिकास बैंकले लिलाममा राखेको शेयर बजार बुझेको ग्लोबल आइएमई क्यापिटलले बजार मुल्य भन्दा महँगोमा उठाउदा अधिकांश लगानीकर्तालाई यस्तो किन भयो भन्ने चाँसो बढेको थियो। 

त्यस बेला बिजपाटि डटकमले 'बजार बुझेको ग्लोबल आइएमई क्यापिटलले यस कारण महँगोमा उठायो देब बिकास बैंकको सेयर ' भन्ने शिर्षकमा समचार लेख्दै भविष्यमा देबले ४० प्रतिशत हकप्रद जारि गर्ने अपेक्षाले क्यापिटलले महँगोमा शेयर उठाएको लेखेको थियो। 

ठिक त्यहि प्रक्षेपण अनुसार अन्तत: देब बिकास बैंकले ४० प्रतिशत हकप्रद बिक्रि गरि राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड चुक्ता पुंजी पुर्यान लागेको छ। यसका लागि बैंकले धितोपत्र बोर्डमा ४० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति माग्दै निबेदन दर्ता गरेको छ। 

साझा बिकास बैंक र युनियन फाइनान्सलाई प्राप्ति पछी देबको चुक्ता पुंजी १ अर्ब ६३ करोड पुगेको छ। बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण गरेपश्चात चुक्ता पुंजी २ अर्ब २८ करोड पुग्नेछ। बाँकी अपुग पुंजी उसले बोनस शेयर वितरण मार्फत पुर्याउन सक्नेछ।

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६५ लाख ३३ हजार १०८ दशमलव ५९ कित्ता हकप्रद सेयर विक्री गर्नका लागि अनमुति माग गरेको हो। हकप्रद बिक्रि तथा वितरणका लागि बैंकले एनआईबिएल क्यापिटललाई बिक्रि प्रबन्धकमा चयन गरेको छ।

सहारा विकास बैंकलाई समेत प्राप्ति गर्ने प्रक्रियामा रहेको देबले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved