एक्सेल डेभलपमेन्ट बैंकको ३०.१२ प्रतिशत बोनस प्रस्ताब पारित, चुक्ता पुंजी ६९ करोड नाघ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 03, 2017 | 06:17:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको १२ औ बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको ३०.१२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गरेको हो। 

एक्सेलको हकप्रद तथा बोनसपछि चुक्ता पूँजी ६९ करोड २६ लाख ७४ हजार कायम भएको छ। गत आर्थिक बर्ष बैंकले १५ करोड ४ लाख खुद मुनाफा गरेको थियो। त्यस्तै बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३ करोड १५ लाख खुद मुनाफा गरेको छ।   

साथै झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेलको साधारणसभाले सर्वसाधारण समुहका शेयरधनिहरुबाट पुरुषोत्तम लम्साल लाई सञ्चालक निर्वाचित गरेको छ ।  

यस बैंकले हाल झापा, इलाम र मोरङला विभिन्न २१ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved