एक्सेल डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित शेयर मङ्सिर २४ गतेदेखि लिलाम गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2017 | 08:33:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित साधारण शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ । बैंकले असोज १८ गतेदेखि २:१ को अनुपातमा १९ लाख २२ हजार ८ सय १२ दशमलव ५ कित्ता हकप्रद शेयर बिक्ति गरेको थियो ।


त्यस क्रममा १९ लाख ४ हजार ५ सय २६ कित्ता शेयर मात्र बिक्रि भएकोले बिक्रि नभएको १८ हजार २ सय ८६ दशमलव ५ कित्ता शेयर बैंकले लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको हो । इच्छुक बोलकबोलदाताले मङ्सिर २४ गतेदेखि पुस ९ गते सम्म आवेदन दिनु पर्नेछ । संस्थापक तर्फको सबै शेयर भने बिक्रि भएको बैंकले जनाएको छ  । बोलकबोलदाताले न्युनतम मूल्य १०० भन्दा नघटाई आफुले खरिद गर्न चाहेको शेयर संख्याको लागि आवेदन दिनु पर्ने छ ।


  बिक्रि प्रबन्धक एस क्यापिटलको कार्यालय लालदर्बार काठमाडौँ , नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाहरु बिरगंज, पोखरा, बुटवल , नेपालगंज, सुर्खेत र धनगढी तथा एक्सेल डेभलपमेन्ट बैंकको शाखाहरु बिर्तामोड र बिराटनगरमा आवेदन दिन सकिने छ  ।

बैंकको १२ औ बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको ३०.१२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पारित गरेको छ।  ५० प्रतिशत हकप्रद र बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ६९ करोड २६ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved