आशा लघुवित्त वित्तीय संस्थाले आईपिओ जारी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2017 | 08:55:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मंसिर २३ गते शनिबार सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभामाले उक्त प्रस्ताव पारित गरेको हो ।साधारण सभाले आईपीओ निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएको छ । अब संस्थाले आईपीओ निष्कासनको आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।

नुवाकोटको मदनपुरमा केन्द्रिय कार्यालय रहेको संस्थाले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

राष्ट्रिय स्तरको यो लघुवित्त संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved