नेप्सेमा दोहोरो अंकको गिरावट: ६६ करोडको टर्नओभर हुँदा ग्लोबल आईएमई बैंकको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2017 | 01:39:04 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से दोहोरो अंकले गह्तेको छ । आज नेप्से सूचक १७.५४ अंकले घटेर १५१०.२१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५७ कम्पनीका ११ लाख ८० हजार ५ सय ६३ कित्ता शेयर खरिद बिक्रिबाट कुल ६६ करोड ९२ लाख ११ हजार १ सय ८१ रुपियाँको कारोबार भएको छ 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन समुह बाहेकका सबै सूचक घटेका छन् । 

आज ग्लोबल आईएमई बैंकको सबै भन्दा धेरै ५ करोड ९८ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्राइम लाइफ इन्स्योरेन्स  संस्थापक शेयर, नेपाल बैंक लगायत रहेका छन्  

आज काबेली विकास बैंकका लगानीकर्ताले सर्बाधिक ८.६४ प्रतिशत कमाएका छन् भने  राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयरधनीले सर्बाधिक ५.८ प्रतिशत गुमाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved