बिओकेको लिलामको शेयर संचय कोषले उठायो, प्रति कित्ता ३८० मा सकार्दा कट अफ मुल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 20, 2017 | 04:04:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डूले लिलाममा राखेको शेयरको ठुलो हिस्सा कर्मचारी संचय कोषले सकारेको छ। बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार लिलाममा राखेको शेयरको ९९ प्रतिशत हिस्सा कोषले सकारेको छ। 

बिओकेले मङ्सिर २२ देखि २९ सम्म लिलाममा राखेको ६१ लाख ५८ हजार ०६७ कित्ता शेयरमा ९६१ वटा संस्था तथा व्यक्तिबाट बोलपत्र पेश भएको थियो। जसमा २५१ रुपैयाँ कट अफ मुल्य तय भएको छ। प्रति कित्ता २५१ रुपैयाँ वा त्यो भन्दा माथिको मुल्यमा बोलपत्र पेश गर्नेले बिओकेको संस्थापक शेयर प्राप्त गरेका छन।  

न्युनतम १०० रुपैयाँदेखि अधिकतम ३८० रुपैयाँसम्म बोलि परेको बताइएको छ। जसमा कोषले दोस्रो बजारमा २७० रुपैयाँमा कारोबार भएको बिओकेको संस्थापक सेयरलाई प्रति कित्ता २५१ रुपैयाँमा सकारेको छ।    

बिओकेको संस्थापक शेयर सकार्न एसियन लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतका संस्थाले न्यून मुल्यमा बोलपत्र पेश गरेकाले उनीहरुले बिओकेको शेयर नपाएको बताईएको छ। यिनीहरुले न्युनतम १०० रुपैयाँदेखि २५० रुपैयाँसम्म बोलपत्र पेश गरेका थिए। तर कोषले भने सबै शेयरलाई प्रति कित्ता २५१ रुपैयाँमा बोलि लगाएको थियो। त्यसैले पनि ठुलो हिस्सामा बिओकेको संस्थापक शेयर कोषको पोल्टामा गएको हो।  

लिलाम मार्फत शेयर प्राप्त गर्नेहरुले नेपाल राष्ट्र बैंकको 'फिट एण्ड प्रोप टेस्ट' पास गरेपछि मात्र बिओकेको संस्थापक शेयर पाउनेछन। त्यसैले उनीहरुको नाममा नामसारी हुन केहि समय लाग्ने निश्चित छ।  

बैंकले लुम्बिनी बैंकसंगको मर्जपछि संस्थापक साधारण शेयर अनुपात ५१:४९ बनाउन संस्थापक शेयर लिलाम मार्फत बिक्रि गरेको हो। तत्कालिन लुम्बिनी र बैंक अफ काठमान्डूको मर्जपछि संस्थापक शेयर स्वमित्व ४५.६४ प्रतिशत कायम भएको थियो ।

लिलाम मार्फत संस्थापक शेयर बिक्रि पश्चात बैंकलाई ९२ करोड माथि प्रिमियम संकलन भएको छ। लिलाम पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब २४ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ६२ करोड छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले २८ प्रतिशतले पुंजी वृद्धि गर्नुपर्नेछ।  

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २२ करोड ४१ लाख खुद मुनाफा गरेको छ। हाल बैंकले ७५ शाखा, ६६ ए.टी.म र ७ वटा एक्सटेन्शन काउन्टरबाट आफ्नाग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदानगर्दै आएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved