गरिमा विकास बैंकको साधारणसभामा मर्जर वा एक्विजिसन प्रस्ताव समेत पेश हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 10:31:17 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले पुष २८ गते     एघारौं वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि बैंकले पुष १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। पुस १३ गते सम्म कायम शेयर धनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस प्राप्त गर्न सक्ने छन् ।

होटल पोखरा ग्राण्ड, बिरौटामा हुने बैंकको साधारणसभाले हाल कायम भएको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ। त्यस्तै साधारणसभाले बैंकको शेयर संरचना परिवर्तन गर्ने र दुईजना सर्वसाधारण समुहको तर्फबाट संचालक सदस्य निर्वा्चित गर्ने भएको छ।

त्यस्तै साधारणसभाले मर्जर तथा एक्विजिशनमा जान संचालक समितिलाई अख्तियारी दिने भएको छ । शुभेच्छा विकास र निलगिरी विकास बैंकलाई गाभेर बनेको गरिमा विकास बैंकले अझै उपयुक्त संस्थामा मर्जरमा जान वा अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशनको बिकल्प सहित साधारणसभा बोलाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved