अग्रेजी नयाँ बर्षको पहिलो दिन शेयर बजारमा उछाल, ४४ अंकले बढ्यो सूचक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2018 | 01:44:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्रेजी नयाँ बर्षको पहिलो दिन शेयर बजारमा उछाल आएको छ  आज नेप्से सूचक ४४.२२ अंकले बढेर  १४३४.८० को उचाईमा पुगेर रोकिएको छ  आज कारोबारमा आएका १६३ कम्पनीका ११ लाख ३२ हजार ५८ कित्ता शेयर खरिद बिक्रि बाट ४९ करोड ४३ लाख १७ हजार २ सय ११ रुपियाँको कारोबार भएको छ  

आज स्ट्याण्डर्ड चार्टड बैंकको सबै भन्दा धेरै २ करोड ८८ हजार ६२ हजारको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर, चिलिमे हाइड्रोपावरको रहेका छन् । 

आज कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज इन्स्योरेन्स समूह सर्बाधिक २ सय ७० अंकले बढेको छ  

 आज राष्ट्रिय बिमा कम्पनीका संस्थापक शेयरले सर्बाधिक ८.५४ प्रतिशत कमाएका छन् भने पुर्णिमा विकास बैंकका लगानीकर्ताले सर्बाधिक ३.०८ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved