गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश प्रस्ताव पारीत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2018 | 03:06:55 PM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को साधारणसभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरेको लाभांश प्रस्ताव पारित गरेको छ  ।  आज आइतबार सम्पन्न कम्पनीको सौह्रौं वार्षिक साधारण सभाले १५.७९ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको हो  । 

 हालै निष्काशन भई बाड“फा“ड गरिएको ४०  हकप्रद शेयरमा समेत प्रदान हुने गरी साधारणसभाले बोनस प्रस्ताव पारित गरेको हो । 

४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गुहेश्वरीको बोनस पश्चात फाइनान्सको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । हाल सम्ममा कम्पनीले  दुई अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरि दुई अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा कम्पनीको संचालन मुनाफा रु. १ करोड ३९ लाख  रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved