कमाई खुम्चिदा खराब कर्जा झनै बढ्यो ,कुनै बेला 'ब्लु चिप' मानिने बिओकेको कसरि भयो यस्तो हालत ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 28, 2018 | 07:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै बेला ब्लु चिप सेयरको रुपमा लिईने बैंक अफ काठमान्डुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद मुनाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

यस अवधिमा बैंकको खुद मुनाफा ८ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको यस अवधिमा ६० करोड १४ लाख खुद मुनाफा गरेको बैंकले यस अवधिमा मात्र ५५ करोड १५ लाखमा चित्त बुझाएको छ। 

खुद ब्याज आम्दानी र कर्मचारी खर्चको वृद्धि अनुपातमा बैंकको संचालन मुनाफा पनि बढ्न नसक्दा बैंकको कमाई प्रभावित बनेको हो। बैंकले सम्भावित जोखिमका लागि २३ करोड ५९ लाख छुट्याउनु पर्ने भएपछि उसको संचालन मुनाफा पनि घटेको हो ।  

गत बर्षको यस अवधिमा ८६ करोड ५९ लाख सञ्चालन नाफा गरेको बैंकले यस अवधिमा ७५ करोड ६५ लाखमा सिमित भएको छ। बैंकले ६ करोड ८६ लाख राइट ब्याक गरेपनि खुद मुनाफा बढाउन सकेन।

यस अवधिमा बैंकले ७० अर्ब ४३ करोड ९८ लाख निक्षेप संकलन गरि ७० अर्ब ४३ करोड ९८ लाख कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा समेत बढेर १।५१ प्रतिशतबाट बढेर १।८६ प्रतिशतमा पुगेको छ। त्यस्तै बैंकको पूँजीकोष लागत पनि ४.१२ बाट बढेर ७.६ मा पुगेको छ।

बैंकको कर्जा निक्षेप अनुपात समेत ८० प्रतिशत पुग्न लागेको छ। बैंक अब निक्षेप नबढाई कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैन। उसको सिडी अनुपात ७९.२४ प्रतिशत छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब २४ करोड छ भने जगेडा कोषमा ४ अर्ब ८९ करोड छ। त्यस्तै  बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा, प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४२ पैसा र मुल्य आम्दानीको अनुपात २३।२१ गुणा छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved