कारोबार रकम २८ करोड मै सिमित हुँदा यी हुन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2018 | 01:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से घटेको छ  आज नेप्से सूचक ३.७२ अंकले घटेर १४०२,२३ को बिन्दुमा पुगेर रोकिएको छ  आज कारोबारमा आएका १६० कम्पनीका ७ लाख १५ हजार ८ सय ५४ कित्ता शेयर खरिद बिक्रिबाट २८ करोड ५५ लाख ३६ हजार ४ सय २४ रुपियाँको कारोबार भएको छ  

आज कारोबारमा आएका हाइड्रोपावर र ट्रेडिङ बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक १ करोड ४९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल बैंक, राष्ट्रिय बिमा कम्पनी , सानिमा बैंक लगायत रहेका छन् । 

आज सिन्धु विकास बैंकका लगानीकर्ता सर्बाधिक ४.०३ तथा बिशाल बजार कम्पनीका लगानीकर्ताले सर्बाधिक ४.०२ प्रतिशत कमाएका छन् । त्यस्तै श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य ३.३३, अपि पावरको २.६२, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य २.४१ प्रतिशतले बढेको छ 

त्यस्तै आज मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सर्ब्धिक ९.९४ प्रतिशत गुमाएका छन्  त्यस्तै खानीखोला हाइड्रोका लगानीकर्ताले ३.३७ प्रतिशत, तारागाउँ रिजेन्सीका लगानीकर्ताले ३.१७ प्रतिशत, सहयोगी विकास बैंकका लगानीकर्ताले ३.०८ प्रतिशत गुमाएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved