बुटवल पावरको कारोबार उच्च, यी हुन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 01:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक २.२६ अंकले बढेर १४०४.४९ को उचाईमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका १ सय ५६ कम्पनीका ७ लाख ४९ हजार ४ सय ८४ कित्ता शेयर खरिद बिक्रिबाट ३१ करोड १५ लाख ३४ हजार २ सय ७५ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये हाइड्रोपावर, उत्पादन र अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

आज बुटवल पावर कम्पनीको सबै भन्दा धेरै २ करोड ४२ लाख रुपियाँको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा सानिमा माई हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक लगायत रहेका छन् ।

आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक ७.९२ प्रतिशत कमाएका छन् । त्यस्तै गुर्खाज फाइनान्सका लगानीकर्ताले ५.८८ प्रतिशत, मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले ५.८४ प्रतिशत कमाएका छन् । यसै गरी कैलाश विकास बैंकको शेयर मूल्य ४.६६ प्रतिशत र कन्काई विकास बैंकको शेयर मूल्य ४.०८ प्रतिशत बढेको छ ।

आज ङ्दी पावर ग्रुपका लगानीकर्ताले सर्बाधिक २.९९ प्रतिशत गुमाएका छन् । त्यस्तै लुम्बिनी विकास बैंकको शेयर मूल्य २.९५ प्रतिशत, बुटवल पावरको शेयर मूल्य २.५२ प्रतिशत तथा नेपाल हाइड्रोको शेयर मूल्य २.३२ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved