नेप्से १४ सयको बिन्दु भन्दा तल झर्यो, यस्ता छन् सर्बाधिक कमाउने र गुमाउने ५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 01:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ६.०२ अंकले घटेर १३९४.०३ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका १ सय ५२ कम्पनीका ७ लाख ९ हजार ८ सय ३ कित्ता शेयर खरिद बिक्रिबाट २४ करोड २० लाख ९६ हजार १ सय ४६ रुपियाँको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुहगगत सूचक घटेका छन्। आज सानिमा माई हाइड्रोको सबै भन्दा धेरै १ करोड ६३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एभरेस्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक ओरियन्टल होटेल्स लगायत रहेका छन् 

आज सिन्धु विकास बैंकको शेयर मूल्य सर्बाधिक ४.५८ प्रतिशतले बढेको छ । आज अन्य बढी कमाउनेमा सिभिल लघुवित्त (३.९७ %), मिर्मिरे माइक्रोफाइनान्स (३.९२ %), कंचन विकास बैंक (३.८१), सेन्ट्रल फाइनान्स (३.०१%) रहेका छन् ।

आज कर्णाली विकास बैंकका लगानीकर्ताले सर्बाधिक ४.६१ प्रतिशत गुमाएका छन् । आज अन्य बढी गुमाउनेमा रिलायबल माइक्रोफाइनान्स (३.८७ % ), सिनर्जी पावर (३.८२ %), विजय लघुवित्त (३.७३ %), हाम्रो विकास बैंक (३.७० % ) लगायत रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved