सूचक १३८० मा झर्दा कारोबार रकम झनै खुम्चियो,देशको राजनीति तात्दा किन सुस्तायो शेयरबजारको गति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 12, 2018 | 02:17:11 PM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तर सामान्य अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबारको कारोबारमा पनि ओरालो लागेको छ। नेप्से परिसूचक ४।४२ अंकले घटेर १३८० को बिन्दुको आइपुग्दा कारोबार रकमले समेत साथ दिन छाड्दा लगानीकर्तामा हैरानी बढेको छ।

सोमबार कारोबारमा आएका कुल १५६ कम्पनीका ६ लाख ८४ हजार २८ कित्ता शेयर खरिद बिक्रि हुँदा २४ करोड ६७ लाखको कारोबार भएको छ। सामान्यतया बजार घट्दा र बढ्दा ब्रोकर कार्यालयमा रौनक देखिने गरेपनि पछिल्लो पटक नेप्से घट्दा समेत शेयर खरिद गर्न लगानिकर्ताले खासै चाँसो दिएका छैनन।

सोमबारको कारोबारमा ट्रेडिङ र बिकास बैंकका सूचक बाहेक अन्य सबै उप सूचक ओरालो लागेका छन। आजको कारोबारमा सिद्धार्थ बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै १ करोड ७४ लाख रुपैयाँको करोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक लगायतका छन।  

त्यस्तै साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको साल्ट ट्रेडिङ कर्पोरेसनका शेयरधनीले सबै भन्दा बढी प्रति कित्ता २८ रुपैयाँ कमाएका छन भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ८ रुपैयाँ गुमाएका छन।     

किन्न चाहनेहरुले बजार अझै घट्छ भन्ने र बेच्न चाहनेले परल मुल्य पनि नआउँदा बेच्न नचाहेकाले पछिल्ला दिनहरुमा कारोबार रकम पनि सुस्ताएको विश्लेषण गरिएको छ। बजारमा सुस्तता देखिने अनेक कारणहरु भएपनि नियमन निकायले ठोस कदम चाल्न नसक्दा शेयर बजारमा लगानिकर्ताको आकर्षण घटेको देखिएको छ।

बिगतमा हकप्रदको कारणले बढेको उचालिएको शेयर बजार अहिले त्यहि हकप्रदको आपूर्ति बढ्दा उठ्न नसकेको हो। माग भन्दा आपूर्ति बढ्दै गएको र आपूर्ति व्यवस्थापनमा कुनै कदम नचालिदा लगानीकर्ता मारमा परेका छन।

बिगतमा ठुलो भोलुममा कारोबार गर्ने व्यक्ति तथा संस्थाहरु पनि बेलाबेलामा बजारमा आउने कालोधन लगायतका चर्चाले बजारमा भित्रिन नसकेको बताइन्छ। त्यसैले पनि अब बन्ने बाम सरकारले शेयरबजारलाई गर्ने सम्बोधनले मात्र त्यस प्रकारका लागनिकर्तालाई आकर्षण गर्ने भएकाले  बाम सरकार बनेपछि बजारले नयाँ गति लिने लगानिकर्ताको अपेक्षा छ।    


 


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved