बिजपाटी सम्बाददाता     Mar 09, 2018



ruslan ruslan

सूर्योदय लघुवित्त वित्तीय संस्थाले आज फागुन २५ गतेदेखि हकप्रद निष्काशन गर्दै छ  ।

कम्पनीले १:०.७० को अनुपातमा ७० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो ।   कम्पनीले २ करोड ८० लाखको २ लाख ८० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ  । 

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २६ गते बुक क्लोज मिति तय गरेकोले माघ २५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले चैत्र २८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल, सुर्योदय लघुवित्तका शाखाहरु तथा सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत हकप्रद भर्न सक्ने छन् ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १९ प्रतिशत बोनस घोषणा गरेको छ  ।  बोनस र हकप्रदपछि कम्पनीको  चुक्ता पुंजी  ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

 लघुवित्तले गत आर्थिक बर्ष २ करोड ३७ लाख रुपैया खुद मुनाफा आर्जन गरेको थियो। स्याङजा सदरमुकाममा प्रधान कार्यालय रहेको लघुवित्तले १० जिल्लामा ३० शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दे आईरहेको छ ।  

Share your thoughts!











Close in 7