लगानीकर्तामा देखिएन उत्साह, ८३ कम्पनीको शेयर मूल्य घट्यो, कारोबार रकम २० करोड मै सिमित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 02, 2018 | 02:41:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार पनि बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ३.२८ अंकले घटेर ११९२.९६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५६ कम्पनीका १० लाख ७० हजार १ सय ९२ कम्पनीका शेयर खरिद बिक्रिबाट २० करोड ५९ लाख ३९ हजार ३ सय १५ रुपियाँको कारोबार भएको छ । 

आज स्ट्याण्डर्ड चार्टड बैंकको सबै भन्दा धेरै १ करोड २३ लाख बराबरको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५ लाखको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक सस्थापक शेयर लगायत रहेका छन्  । आज कारोबारमा आएका फाइनान्सबाहेकका सबै समुहगत सूचक घटेका छन्  । 

आज स्वदेशी लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ८.८८ प्रतिशत तथा श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर मूल्य ३.९४ प्रतिशतले बढेको छ  । त्यस्तै आज ग्लोबल आईएमई सम्मुनत स्किम १ को शेयर मूल्य सर्बाधिक ५.६८ प्रतिशत तथा शांग्रिला बैंकको शेयर मूल्य ४.२९ प्रतिशतले घटेको छ  । 

आज कारोबारमा आएका ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८३ कम्पनीको शेयर मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved