५० अंकले सूचक बढेपछि नेप्सेले पार गर्यो १३ सयको बिन्दु, साइट नचलेपछि आज पनि बैकल्पिक ब्यबस्था

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 08, 2018 | 01:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार शेयर बजारमा उछाल आएको छ । यो समाचार तयार पार्दासम्म (२ बजेर ७ मिनेटको अपडेट) अनुसार नेप्से सूचक ५० अंकले बढेर १३०० को बिन्दुमा पुगेको छ । हालसम्म १६८ कम्पनीको १६ लाख २३ हजार ५ सय ६ कित्ता शेयर खरिदबाट ६५ करोडको कारोबार भएको छ । 


हालसम्म कारोबारमा ६ कम्पनी बाहेकका सबै कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । दर्जन बढी कम्पनीको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

आज आइतबारको कारोबारमा पनि नेपाल स्टक एक्चेन्जको आधिकारिक वेबसाइट नेपाल स्टक डट कम मा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायक केहि कम्पनिमा समस्या आउँदा साइट नखुलेको नेप्सेले जनाएको छ।  इन्टरनेट सेवा प्रदायक कम्पनिहरुकै कारण समस्या आएकाले साइट नचल्दासम्मको लागि नेप्सेले बैकल्पिक ब्यबस्था गरेको छ  । लगानीकर्ताले http://118.91.175.170/ मा साइट र कारोबार बारे जानकारी लिन सक्ने छन्  ।   

इन्टरनेट सेवा प्रदायक कम्पनिकै कारण समस्या आएको र उक्त समस्या कम्पनिहरुले नै समधान गरेपश्चात आम लगानीकर्ताले आफ्नो घर वा कार्यालयबाट नेप्सेको आधिकारिक साइट हेर्न पाउनेछन। बिहिबारको तुलनामा थोरै ठाउँमा मात्र समस्या आएको र उक्त समस्या पनि छिट्टै समाधान हुने नेप्सेको प्राविधिक शाखा प्रमुख निरन्जय नायकले बिजपाटीलाई जानकारी दिए।

ब्रोकरको कार्यालयबाट भने लगानीकर्ताले बजारको सम्पूर्ण जानकारी पाई नै रहेका छन् । 'ब्रोकर हाउसहरुमा खुलेको छ, कारोबार पनि जारि छ, केहि लगानीकर्तालाई आफ्नो घर वा कार्यालयबाट साइट हेर्न समस्या भएको हो।' नायकले भने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved