एभरेष्ट इन्स्योरेन्सको साधारणसभाद्वारा पुंजी वृद्धि योजना पारित, कसरि पुग्छ १ अर्ब ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 23, 2018 | 04:54:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्सको पुंजीवृद्धि योजना पारित भएको छ। कम्पनिको चैत १० गते बसेको २३ औं बार्षिक साधारणसभाले पुंजीवृद्धि योजना पारित गर्नुका साथै गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको १० प्रतिशत बोनस सेयर प्रस्ताब पारित गरेको हो।  

कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक शेयरधनी कायम गर्नका लागि बोनस शेयर पश्चात हुन आउने कुल चुक्ता पुंजीमा यस कम्पनिका शेयरधनीहरुलाई १ः१.०५ (एक बराबर एक दशमलव शुन्य पांच) संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने र तत्पश्चात कायम हुने सम्पूर्ण शेयरधनी (संस्थापक र सर्वसाधारण) लाई १ः३ (एक बराबर तिन) अर्थात तिन सय प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो। 

शेयरधनीहरुबाट संचालक समितिमा प्रतिनिधित्व गर्न ५ जना संचालकहरु राजिव सापकोटा, भुबल राई,  हेमराज थापा,  राम प्रसाद खनाल तथा श्रीमती एन्जिला विष्ट गिरी निर्विरोध निर्वाचित भएका छन्  । 

कसरि पुग्छ १ अर्ब पुंजी ? 

हाल कम्पनीको चुक्ता पुंजी १२ करोड १५ लाख छ।  दश प्रतिशत बोनस बितरण पश्चात कम्पनिको चुक्तापुंजी १३ करोड ३६ लाख पुग्ने छ।

त्यस पछि कम्पनीले १३ करोड ३६ लाख ५० हजार चुक्ता पूँजीको १:१.०५ अर्थात १ सय पाँच प्रतिशत हकप्रद जारी गर्ने छ। यो संस्थापक हकप्रद शेयर हुनेछ। तर हाल कायम रहेका सदस्यहरुलाई नै बिक्रि गरिने हो  ।

१०५ प्रतिशत हकप्रदपछि कम्पनिको चुक्तापुंजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ भने कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ :४९ प्रतिशत कायम हुनेछ ।

५१:४९ शेयर स्वामित्व कायम भएपछि कम्पनिले पुन: ३ सय प्रतिशत हकप्रद जारी गर्ने छ। तीन सय प्रतिशत हकप्रदपछि कम्पनिको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम हुनेछ ।

उदाहरणको लागि यदि अहिले कुनै लगानीकर्तासंग कम्पनिको १०० कित्ता शेयर छ भने १० प्रतिशत बोनसपछि ११० कित्ता हुनेछ।  १०५ प्रतिशत हकप्रदपछि २२५.५ कित्ता सेयर हुनेछ । २२५.५ कित्ता मध्ये ११० कित्ता साधारण शेयर हो जुन बोनस पश्चात कायम भएको थियो । बाँकि ११५.५ कित्ता शेयर भने संस्थापक हकप्रद भरेको हुनाले संस्थापक सेयर हुनेछ।

२२५.५ कित्ता सेयर भए पछि  कम्पनीले  ३०० प्रतिशत हकप्रद जारि गर्ने छ । त्यस पछि शेयर संख्या  ६७६.५ कित्ता पुग्ने छ । ६७६.५ कित्ता मध्ये ३३० कित्ता साधरण र ३४६.५ कित्ता संस्थापक सेयर हुनेछ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved