18 Jul, 2018 | २ श्रावण २०७५ | बुधवार




Bizpati Reporter

Follow us on

जोशी हाइड्रोपावरको आईपिओ जेठ ८ बाट

Posted on:May 13, 2018

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपिओ जारी गर्ने भएको छ । 

कम्पनीले स्थानीयको लागि ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको तीन लाख ७१ हजार चार सय कित्ता निष्काशन गर्न लागेको हो । कम्पनीको आइपिओमा छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । 

हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि शेयर निष्काशन गर्न लागेको हो । आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन सकिने छ ।  

 स्थानीयलाई १० प्रतिशत आइपिओ बिक्री गरेपछि कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने  छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

Share your thoughts!

Loading...

Trending