भोजपुरमा पूँजीबजारसम्बन्धी प्रशिक्षण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 02:37:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको आयोजनामा यहाँ पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ।धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पूँजीबजारको विषयमा प्रशिक्षण दिएको हो ।

बोर्डले जनचेतना फैलाउने तथा पूँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा कार्कीको भनाइ छ।

प्रशिक्षणमा धितोपत्र, पूँजीबजार, शेयर लगानी, डिम्याट, सिआस्वालगायतका विषयमा सहजीकरण गरिएको थियो। उद्योग वाणिज्य संघ, भोजपुरले संयोजन गरेको प्रशिक्षणमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख सरोकारवालाको पनि सहभागिता रहेको थियो। रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved