एनएमबि बैंकले जेठ ३० देखि एफपिओ निष्काशन गर्ने, बोनस पछि मात्र ८ अर्ब पुंजी पुग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 05, 2018 | 10:18:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले जेठ ३० गतेदेखि फर्थर पब्लिक अफरिंङ (एफपीओ) निष्काशन गर्ने भएको छ  । बैंकले  एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गर्न लागेको हो । गत शुक्रबार मात्र नेपाल धितोपत्र बोर्डले  बैंकलाई एफपिओ निष्काशनको अनुमति दिएको थियो । 

बैंकले अब एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गर्ने छ  । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्मको लागि आबेदन दिन सक्ने छन् ।  एफपिओमा छिटोमा  असार ३ गतेसम्म आवेदन दिन सकिने छ  । यदि असार ३ गतेसम्म आवश्यक आवेदन नपरेको खण्डमा असार २८ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक नागरिक लगानीक कोषले जनाएको छ ।

लगानीकर्ताले सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । त्यस्तै मेरो शेयर मार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ । एफपिओ बिक्रिबाट बैंकले प्रिमियम वापत २ अर्ब ६५ करोड रुपैयाँ जम्म गर्ने छ । हाल कायम भएको जगेडा कोषमा प्रिमियमबाट उठेको रकम थप गरी बोनस दिएर बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ  । यसको लागि बैंकले न्यूनतम ६ प्रतिशत बोनस दिनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved