एफपिओ बिक्रि हुन् कठिन भएपछि निर्देशिका नै संशोधन, यस्तो छ नयाँ ब्यबस्था

एनएमबि बैंकलाई प्रत्यक्ष लाभ
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 05:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरेको छ । बोर्डले मंगलबार बाट नै लागु हुने गरी निर्देशिका  संशोधन गर्दै सार्वजनिक निष्काशनमा आवेदन गर्न पाउने अधिकतम कित्ताको सीमा हटाएको छ । यसअघि कुल निष्काशनको शुन्य दशमलव पाँच प्रतिशतसम्म मात्र अधिकतम आवेदन दिन पाउने व्यवस्था थियो । अब भने बोर्डले निर्देशिका संशोधन गर्दै अधिकतम सिमा नै नराख्ने र विवरण पत्रमा उल्लेख भए अनुसारको सिमा कायम हुने भएको छ   

 प्रिमियम मूल्य थपेर निश्कासन हुने एफपिओ तथा आइपिओमा यो व्यवस्था लागू हुनेछ। १ सयमै जारी हुने सार्बजनिक निष्काशनमा भने यो ब्यबस्था लागु हुने छैन । 

साथै बोर्डले प्रिमियम मूल्यमा धितोपत्र निष्काशन हुँदा पहिलो दिन देखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन दिन सक्ने ब्यबस्था गरेको छ  । यस अघि सार्बजनिक निष्काशनको ४ दिनपछि मात्र संस्थागत लगानीकर्ताले आवेदन दिन पाउने थिए ।  आवेदनको सीमा हटाइएपनि धितोपत्रको बाँडफाँड भने अनिवार्य दश कित्ता मोडल बाट नै हुनेछ ।



बोर्डले निर्देशिका संशोधन गरेसंगै एफपिओ बिक्रि नहुने समस्याको समाधान हुने आकलन गरिएको छ। एनएमबि बैंकले जेठ ३० प्रिमियम मूल्यमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको छ  । कम्पनीको एफपिओ सुरुका ४ दिनमा ५० प्रतिशत पनि बिक्रि हुन् सकेको थिएँन  । त्यसपछि संस्थागत लगानीकर्तालाई पनि बिक्रि खुला गरिएको छ  । अब अधिकतम सिमा हटेसंगै एफपिओ बिक्रि केहि दिन मै सकिने अनुमान गरिएको छ  । त्यस्तै नेपाल बैंकले पनि प्रिमियम मूल्यमा एफपिओ निष्काशनको अनुमति पाई सकेको छ  । बोर्डको संशोधित निर्देशिकाको पहिलो फाइदा यी २ कम्पनीले लिने छन्  ।

यस अघि बुटवल पावरको एफपिओ १ महिनासम्म बिक्रि नहुँदा प्रत्याभुतिकर्ताहरुले उठाएका थिए  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved