बोर्डले प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार लगानीकर्तालाई निःशुल्क प्रशिक्षण दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 04:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुको लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण दिने भएको छ । बोर्डले आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रम मार्फत नयाँ लगानीकर्तालाई दृष्टिगत गरी पाक्षिक रुपमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने घोषणा गरेको थियो  । सोहि अनुसार पहिलो कार्यक्रम यहि साउन २५ गते शुक्रबार बोर्डको कार्यालय जावलाखेलमा गरिने बोर्डले जानकारी दिएको छ  । 

उक्त कार्यक्रममा सहभागिताका लागि बोर्डको फोन नं ०१–५०००१०७÷१६२÷२०१÷१०२ मा फोन गरी नाम टिपाउन समेत बोर्डले आग्रह गरेको छ  ।   उपलब्ध स्थानको आधारमा पहिलो ५० जना लगानीकर्ताहरुलाई पहिलो कार्यक्रममा सहभागी गराईने र अन्यलाई तत्पश्चात हुने पाक्षिक प्रशिक्षण कार्यक्रममा सहभागी

गराईने बोर्डले स्पष्ट पारेको छ ।  बोर्डले अबदेखि प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार निःशुल्क लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन पनि जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved