दोहोरो अंकले बढेको बजारमा ४३ करोडको कारोबार, कमाउनेमा एनआईसी एसियाका लगानीकर्ता अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 03:36:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  । आज सूचक १३.०६ अंकले बढेर १२३०.७१ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १६५ कम्पनीका १३ लाख ९३ हजार ६ सय ४९ कित्ता शेयर खरिद बिक्रिबाट ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँको कारोबार भएको छ  । 

आज एनआईसी एसियाको सबै भन्दा धेरै ४ करोड ८९ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, प्रभु बैंक, स्वाबलंबन लघुवित्त लगायत रहेका छन्  । 

आज कारोबारमा आएका होटे, फाइनान्स र उत्पादन बाहेकका समुहगत सूचक बढेका छन्  । 

आज रिडी हाइड्रोका लगानीकर्ताले सर्बाधिक ५.२६ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा मल्टी प्रपोज फाइनान्स, प्रभु बैंक, एनआईसी एसिया बैंक स्वाबलंबन लघुवित्त लगायत रहेका छन्  । 

आज आईसीएफसी फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.७८ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा लक्ष्मी भ्यालु फण्ड १, स्वदेशी लाघुबित, सिटी एक्सप्रेस फाइनान्स , गुर्खाज फाइनान्स लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved