सबैभन्दा बढी शेयर मूल्य भएको युनिलिभरले कति दिने भयो लाभांश ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 01:04:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेमा सुचिकृत कम्पनीहरु मध्ये सबैभन्दा धेरै शेयर मूल्य भएको युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ  । कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७ सय प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

संचालक समितिको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ  । कम्पनीले २३ अक्टोबरको लागि साधारणसभा आह्वान गरेको छ  । कम्पनीले गत आर्थिक बर्षमा ९९ करोड ९४ लाख खुद नाफा कमाएको थियो  । 

यस अघि भने कम्पनीले १२७० प्रतिशत नगद लाभांश बाडेको थियो  । 

हाल कम्पनीको शेयर मूल्य प्रति कित्ता २४ हजार ६ सय ६३ रुपैयाँ रहेको छ   । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved