छिमेक लघुवित्तले ४० प्रतिशत लाभांश दिने, बोनस कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 11:10:24 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ  ।  कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो  । 

बैठकले चुक्ता पुंजीको १८ प्रतिशतले हुन् आउने १८ करोड बराबरको बोनस शेयर र २२ प्रतिशतको दरले हुन् आउने २२ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ  । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब रहेकोमा प्रस्तावित बोनसपछि चुक्ता पुंजी १ अर्ब १८ करोड पुग्ने छ   ।  कम्पनीले गत आर्थिक बर्ष ६६ करोड ३८ लाख मुनाफा आर्जन गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved