८ करोड ८३ लाख कमाएको लक्ष्मी लघुवित्तले ६ करोड ३६ लाखको नगद लाभांश दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 11:14:47 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २१ गते आइतबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले चुक्ता पुंजीको २६.३२ प्रतिशतको दरले हुन् आउने ६ करोड ३६ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

गत बर्ष कम्पनीले ८ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको थियो। हाल कम्पनीको चुक्ता पुंजी २४ करोड २० लाख रहेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved