बढेको बजारमा बाणिज्य बैंकको कारोबार उच्च, कमाउनेमा पन्चकन्या माई अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 05:31:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ८.०९ अंकले बढेर १२४९.९३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ५२ कम्पनीका ८ लाख ९१ हजार ६ सय ९ कित्ता शेयर खरिद बिक्रिबाट २३ करोड २८ लाख ९० हजार ५ सय ९ रुपैयाँको कारोबार भएको छ ।

आज प्रभु बैंकको सबै भन्दा धेरै ३ करोड ३७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया बैंक, कुमारी बैंक, सिद्दार्थ बैंक, एनएमबि बैंक लगायत रहेका छन् । आज सर्बाधिक कारोबार हुने १० कम्पनी मध्ये ९ वटा बाणिज्य बैंक रहेका छन् । 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । पन्चकन्या माई हाइड्रोका लगानीकर्ताले आज सर्बाधिक ५.८३ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा ओरियन्टल होटेल, युनाइटेड मोदी हाइड्रो, ग्लोबल आईएमई लघुवित्त, समता माइक्रोफाइनान्स लगायत रहेका छन् । 

आज सेन्चुरी कमर्शियल बैंकका संस्थापक शेयरधनीले सर्बाधिक ५.०६ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा मिर्मिरे लघुवित्त, कालिका पावर कम्पनी, ग्लोबल आईएमई सम्मुनत स्किम १ लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved