अझै किन ब्यबस्थित भएन सेयरबजारमा अनलाइन कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 08:38:11 AM मा प्रकाशित

laxmi  sunrise bank

 शेयर लगानीकर्ताको हितग्राही खाता(डिम्याट) सम्बन्धी विवरण उपलब्ध नभएका कारण पूर्ण स्वचालित अनलाइन प्रणाली थप व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन । धितोपत्र दलाल व्यवसायीसँग सम्झौता गरी ‘युजरनेम’ तथा ‘पासवर्ड’ माग गरेका कतिपय लगानीकर्ताले आवश्यक विवरण उपलब्ध नगराउँदासमेत समस्या भएको छ । यस्तै एउटै हितग्राही खाता धेरै दलाल तथा ग्राहकको कारोवार खातामा देखिन गएकाले कारोवारमा पहुँच दिन नसकिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

स्टकमा युजरनेम र पासवर्ड कसरी लिने भन्दै लगानीकर्ताले अत्यधिकमात्रामा चासो देखाएपछि आज धितोपत्र दलाल व्यवसायीलाई बोलाएर छलफल गरेको छ । सहजरुपमा युजरनेम र पासवर्ड दिने व्यवस्था मिलाउन, आवश्यक सम्झौता गर्न तथा स्टकको प्रणालीमा आइसकेको ग्राहकको कारोवार खाता र हितग्राही खाताको विवरण परीक्षण गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । 

नयाँ दर्ता भएका ग्राहकको हितग्राही खाता एकीकृत गर्न स्टकले एक ढाँचा तयार पारी सदस्य दलाललाई उपलब्ध गराइसकेको छ । यस्तै स्टकले आगामी पुस १७ गतेदेखि मर्चेन्ट बैंकलाई समेत एकीकृत कारोवार सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएकोसमेत जानकारी दिएको छ । 

स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार गत कात्तिक २० गतेदेखि शुरु भएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा समस्या आएपछि त्यसमा आवश्यक सुधार गरी यही मङ्सिर २३ गते आइतबारदेखि पुनःसञ्चालनमा ल्याइएको छ । उनका अनुसार हाल ५८ ग्राहकको खाताको विवरण स्टकमा प्राप्त भएको छ । त्यसमा कूल ४५ खाताको विवरण आजमात्रै प्राप्त भएका हुन् । त्यसमध्ये २५ ग्राहकलाई युजरनेम र पासवर्ड दिइएको छ । बुधबार तीन ग्राहकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीबाट शेयर खरीद बिक्री गरेका थिए । बिहिबारको विवरण भने प्राप्त नभएको स्टकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved