छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited ले लगानीकर्तालाई निराश पारेको छ । कम्पनीले ४० प्रतिशत लाभांश प्रस्ताव गरेर अहिले लगानीकर्ता कुनै प्रकारको लाभांश नदिने भएको हो ।
कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै कम्पनीले उक्त रकम संचित कोषमा राख्ने निर्णय गरेको हो ।
अब कम्पनीका लगानीकर्ताले गत आथिक बर्षको कमाईबाट कुनै पनि लाभांश पाउने छैनन् ।
हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब रहेको छ । कम्पनीले गत आर्थिक बर्ष ६६ करोड ३८ लाख मुनाफा आर्जन गरेको थियो ।