कालिका लघुवित्तलाई नेप्सेले सोध्यो दोस्रो स्पष्टीकरण, संचालकलाई कारबाहीको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 06:13:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited  दोस्रो स्पष्टीकरण सोधेको छ । कम्पनीले शेयर मूल्यलाई प्रभाव पार्ने जानकारी दिदा गम्भीर नभएको र सूचनाहरु समेत फरक फरक किसिमले पठाएको भन्दै नेप्सेले कम्पनीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको हो । 

नेप्सेले कम्पनीका पदाधिकारीलाई किन कारबाही नगर्ने भन्दै दोस्रो पटक २४ घन्टे स्पष्टीकरण सोधेको हो । साथै नेप्सेले यस बिषयमा कम्पनीको धारणा पनि माग गरेको छ ।  




 बुधबारको संचालक समितिको निर्णय भन्दै कम्पनीले ७५ प्रतिशत हकप्रद प्रस्तावको निर्णय बिहिबार नेप्सेलाई पठाएको थियो । तर नेप्सेले बैठक बसेको समय उल्लेख नगरेको भन्दै कम्पनीको कारोबार रोक्दै बिहिबार २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।   

कम्पनीले हकप्रद प्रस्ताव गर्दा इन्साईड ट्रेडिङको आशंका गरिएको छ ।  पुस २६ गते कम्पनीको शेयर मूल्य   ७ सय ४० रुपैयाँ रहेकोमा १५ दिनको अवधिमा कम्पनीको मूल्य ११ सय ४ सम्म पुगेको छ  ।   यस कारण पनि हकप्रदको सूचना पहिले नै चुहिएको आशंका गरिएको छ  

यो पनि : 

कालिका लघुवित्तमा इन्साइड ट्रेडिङको आशंका, कारोबार रोक्का गर्दै २४ घण्टे स्पष्टीकरण

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved