कहिले सुरु हुन्छ ज्योति र हाम्रो विकास बैंकको एकिकृत कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 02:51:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकमा गाभिनको लागि हाम्रो विकास बैंकको कारोबार रोक्का भएको ७ महिना बिती सक्दा पनि दुवै कम्पनीको एकिकित कारोबार हुन् सकेको छैन ।साधारणसभा गरेर गाभ्ने/गाभिने निर्णय गरेको ३ महिना बिती सक्दा पनि एकिकृत सुरु हुन् नसकेको हो । हाम्रो विकास बैंकले कार्तिक ११ गते साधारणसभा गरेको थियो भने ज्योतिले असोज २९ गते साधारणसभा गरेको थियो । तर दुवै कम्पनीको एकिकृत कारोबार भने सुरु भएको छैन । 

ज्योति विकास बैंकले एकीकृत कारोबारको लागि आफु हरु प्रक्रिया मै रहेको बताएको छ । बैंकका संचालक समिति अध्यक्ष हरी चन्द्र खड्काले बैंकले प्रबन्धपत्र र नियमावली संशोधन गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाईसकिएको बताएका छन्। राष्ट्र बैंकबाट स्वीकृति आउना साथ एकिकृत कारोबार सुरु गरिने उनले बताए ।  माघ महिना भित्र नै एकिकृत कारोबार सुरु भई सक्ने उनले दाबी गरेका छन् ।  

यी दुई बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुन् लागेका हुन् ।  मर्जपछि बैंकको नाम ज्योति विकास बैंक रहने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved