आयोजना प्रभावित स्थानीयले पनि आश्वा प्रणाली मार्फत आईपिओ भर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 05:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ भर्दा उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले पनि आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि यस्तो ब्यबस्था लागु गर्ने निर्णय गरेको हो । यसको लागि आवश्यक तयारी गरि फागुन १ गतेदेखि ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत आवेदन  दिने व्यवस्था गर्न बोर्डले सिडीएससी, सम्पूर्ण आश्वा सदस्य र सम्पूर्ण निष्काशक तथा बिक्रि प्रबन्धकहरुलाई निर्देशन दिएको हो   । 

स्थानीयलाई आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था नहुँदा दरखास्त दिन झन्झट वेहोर्नु परेको, धितोपत्र बाँडफाँट पश्चात शेयर नपरेको रकम फिर्ता लिन तथा धितोपत्र प्रमाणपत्र लिनका लागि पटक पटक निष्काशन तथा बिक्रीप्रबन्धकले तोकेको संकलन केन्द्रमा जानुपर्ने अवस्था रहेको छ । हाल आस्वा प्रणालीको सुविधा सतहत्तर जिल्ला र करीव सात सय स्थानीय निकायमा समेत पुगिसकेकोले फागुन १ गतेदेखि स्थानीयवासीहरुको लागि ऐच्छिक रुपमा आस्वा प्रणाली लागु गर्न लागिएको बोर्डका प्रबक्ता निरज गिरिले बताएका छन् । 

स्थानीय वासिन्दाले खरीद गरेको सेयर कारोवार योग्य नहुन्जेल अर्थात लकईन पिरियडसम्म आस्वा प्रणालीमार्फत सार्वजनिक निष्काशनमा आवेदन दिने प्रयोजनार्थ खोलेको डिम्याट खाताको बार्षिक नवीकरण शुल्क प्रोत्साहन स्वरुप मिनाह दिने व्यवस्था समेत बोर्डले गर्ने भएको छ । यस व्यवस्थावाट धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया थप लगानीमैत्री हुनुका साथै बोर्डको एक नेपाली एक डिम्याट खाता अभियानमा व्यापकता आई वजार विस्तार हुने वोर्डले अपेक्षा लिएको छ  । 

बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनमा २०७३ माघ देखि काठमाण्डौ उपत्यकामा र २०७४ श्रावण देखि नेपालभरी आस्वा प्रणाआस्वा प्रणालीली अनिवार्य रुपमा लागू गरेको थियो । हकप्रद निष्काशनमा समेत अहिले आश्वा प्रणाली लागु गरिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved